Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

जेनजी आन्दोलनपछि पहिलो पटक बोले लेखक, ‘आन्दोलनमा गोली चलाउन आदेश दिएको छैन्’

शुक्रबार, असोज २४, २०८२

काठमाडौं । कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले उत्तेजित, आग्रह, पूवाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन् । 
शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको दाबी समेत गरे । लेखकले आफू र प्रधानमन्त्री केपी शर्माले जेनजी आन्दोलनलाई दमन गर्न गोली चलाउने अथवा अन्य कुनै आदेश नदिएको बताए ।  गोली चलाउन प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश गरेको भनेर चलेका चर्चाहरूमा सत्यता नरहेको उनको दाबी थियो । लेखकले जेनजी आन्दोलनमा घुसपैठ भएका कारण पीडादायी घटना भएको बताए ।  जेनजी पुस्ताले अघि सारेका मागहरूलाई बुझेर लोकतन्त्रको मूल्य मान्यताका साथ अघि बढ्न जरुरी रहेको उनले बताए । लेखकले आन्दोलनको छानविन गर्न बनेको आयोगले मुलुकको संविधान र कानूनबमोजिम काम गर्नेमा विश्वस्त रहेको सुनाए । आन्दोलनको एक महिनापछि लेखकले सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार