Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार, असोज २४, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार रेर्कडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज (शुक्रबार) प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपमा बढीरहेको छ । आज चाँदीको मूल्यभने बढेको छ । बिहीबार तीन हजार २५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार