सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली काँग्रेसका नेताहरू पार्टी मुख्यालय सानेपामा बैठकमा सहभागी भएका छन् । जेनजी आन्दोलनमा बेला आगजनी भएको पार्टी मुख्यालय सानेपामा काँग्रेस पदाधिकारीको बैठक बिहीबार बसेको हो । केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । कांग्रेस महामन्त्री गगन थापाले मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन् । महामन्त्री थापा र इतर पक्षका नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले सभापति देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै हस्ताक्षर संकलन गरिरहेको बेलामा नियमित महाधिवेशनकै प्रस्ताव गरेका हुन् । अहिलेको कार्यसमितिको म्याद मंसिरमा नै सकिने भएकाले कार्यकाल नथपी महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् । गगन र अर्का महामन्त्री विश्वप्रकाश शर्माको सक्रियतामा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाएपछि संस्थापन पक्ष रुष्ट थियो । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएकाले देउवाले भने उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिने विकल्पसहित छलफलमा छन् । आजको पदाधिकारी बैठकमा नआएका देउवा २६ गतेको केन्द्रीय समितिमा सहभागी हुने तयारी छ।