सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा दाबी पेस गरिएको छ । बुधबार प्रदेश प्रमुखको कार्यालय, जनकपुरधाममा नेपाली कांग्रेस, नेकपा एमाले र जनमत मिलेर नयाँ सरकार गठन गर्ने भन्दै दाबी पेस गरेका छन् । नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णाप्रसाद यादवको नेतृत्वमा सरकार गठन हुन लागेको छ । नेकपा एमालेबाट मन्त्री बनेकाहरुले यसअघि नै पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ । बुधबार साँझ कांग्रेसले तीन दलका ५८ सांसदको समर्थनसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि एमालेले दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठनका लागि दाबी पेस गरेका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको अनुपस्थितिमा कार्यालयका निमित्त सचिव सत्रुधन यादवलाई बुझाइएको छ । यादवले अहिले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहमति भए पनि मन्त्रालयको विषयमा टुंगो नलागेको जानकारी दिए । मधेश प्रदेशसभामा १०७ सांसद छन् । तर, लोसपा र एमालेका एकरएक सांसद हाल निलम्बित छन् । सरकार गठनको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । तीन दलले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गरेको दाबी प्रस्तुत गरेको पत्रमा उल्लेख गरिएको छ । एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको हो । अहिले जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने नजाने तय गर्न सकेका छैनन् ।