बाजुरामा सोमबार रातिदेखि लगातार वर्षा, चिसो बढ्यो

मंगलबार, असोज २१, २०८२

बाजुरा । बाजुरामा सोमबार रातिदेखि लगातार वर्षा भईरहेको छ । सोमबार साँझबाट सुरु भएको वर्षा मंगलबारसम्म पनि जारी छ । सोमबार रातिदेखि लगातार वर्षा भईरहेकोले चिसो समेत बढेको छ । लगातार वर्षा भएसँगै बाजुराका उच्च हिमाली तथा लेकाली भू–भागमा हिमपात समेत भएको छ । बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भईरहेको छ । बिशेषगरी बडीमालिका नगरपालिका, गौमुल गाउँपालिका त्यस्तै माथिल्लो क्षेत्रका ४ वटै पालिकामा वर्षा जारी छ ।  केही दिनदेखि चर्काे घामले सुख्खा रहेको बाजुरामा सोमबार रातिदेखि भने लगातार वर्षा भईरहेको छ ।  वर्षा सूरु भएएछि स्थानीय कृषकहरू भने खुसी भएका छन् । वर्षा भएसँगै  सडकखण्ड हिलाम्मे भएका छन् । सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रमा जाने यातायातका साधानहरूलाई सडकखण्ड चिप्लो भएपछि समस्या भएको छ । लगातार पानी परेपछि अत्यन्तै जाडो बढेकोले अहिले स्थानीय घरभित्रै आगो बालेर बसिरहेका छन् । सदरमुकाम मार्तडी बजारमा पनि चहलपहल न्यून छ । चिसोले मानिसको आवतजावत ठप्प जस्तैः छ । लगातार बर्षाका कारण बालबालिका वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । पानी परेर चिसो बढेकोले स्थानीयलाई बाक्ला कपडा लगाएर घरभित्र बस्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार