७०८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

मंगलबार, पुस १४, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १९ लाख २१ हजार ३६७ पीसीआर परीक्षण भएका छन् । त्यसैगरी २४ घण्टामा ७३१ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४० रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार