मनसुनको विश्लेषणपछि मौसमविद्ले भने, 'ठूलो पानी पर्ने सम्भावना टर्‍यो' 

आइतबार, असोज १९, २०८२

काठमाण्डौ । बिहानको मनसुनको विश्लेषणपछि  मौसमविद्ले आज आइतबार बिहानैदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको बताएका छन् । यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएकाले अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।  ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि विस्तारै मत्थर हुँदै जाने छ । ठूलो पानी पर्ने सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको विभागले जनाएको छ । बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको छ । 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ०६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार