सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दशैं बिदा सकिएपछि भोलिदेखि खुल्नुपर्ने सरकारकी कार्यालयहरू विपद् जोखिमका कारण थप दुई दिन बिदा हुने भएका छन् । सरकारले भोलि आइतबार र पर्सि सोमबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेका कारण सरकारी कार्यालयहरू दशैंको पूर्णिमासम्म बिदा हुनेछन् । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले देशभरी भारी बर्षा भइरहेको र दशै मनाउन कर्मचारीदेखि सवै सरोकारवाला व्यक्ति घरमा रोकिएका कारण २ दिन सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको बताए । सार्वजनिक विदा दिने निर्णय भइसकेकाले गृह मन्त्रालयले आइतबार र सोमबार गरेर २ दिन सार्वजनिक विदा दिएको सूचना मन्त्रालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको छ ।