आजदेखि देशैभर अघिल्लो वर्षालाई बिर्साउने वर्षा र बाढीको जोखिम

काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनमा बाढी, पहिरो र डुबानको जोखिम
बिहीबार, असोज १६, २०८२

काठमाडौं अघिल्लो वर्ष असोज १० देखि १२ सम्म काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा परेको जस्तै भारी वर्षको सम्भावना यस पटक पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको मनसुन सक्रिय हुन थालेकाले पर्सिदेखि अर्थात् असोज १८ गतेदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन विभागले आह्वान गरेको   यही असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको विभागले विज्ञप्ति प्रकाशित गरी जनाएको विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भूभागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने त्यसको प्रभावले नेपालमा वर्षा गराउने । त्यो वर्षाले विशेषगरी वागमती प्रदेशका काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनमा बाढी, पहिरो डुबानको जोखिम हुने जनाइएको यसैगरी कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङमा पनि जोखिम हुने ठानिएको । यस्तै मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट आसपासका जिल्लालाई पनि जोखिम सूचीमा राखिएको । यी जिल्लाहरुमा नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेकाले असोज १८ गतेदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन विभागले विशेष बुलेटिन जारी गरेर अनुरोध गरेको । हालको विश्लेषणअनुसार नारायणी, बागमती, कमला कोशी नदी यीनका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने खतरा तह आसपास पुग्न सक्ने सम्भावना । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी मधेश प्रदेशका महाभारत, चुरे भई बहने साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना समेत । यस वर्षाका कारण बाढी, डुबान, पहिरो, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना । त्यसैले सम्भावित क्षति न्यूनीकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने अध्यावधिक पूर्वानुमान तथा पूर्वसूचनाहरूमा चासो राख्न आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको

wether-1759368260.jpegwether-1759368260.jpeg
 

 

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार