आज दसैँको टीका, उत्तम साइत ११ बजेर ५३ मिनेट 

बिहीबार, असोज १६, २०८२

काठमाडौँ । यस वर्षको बडादसैँको आज मुख्य दिन विजया दशमी । मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै आजको दिनलाई नेपालीहरुले हर्षोल्लासपूवर्वक मनाउने गर्दछन् ।  आज दिनभर टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११ बजेर ५३ मिनेटमा रहेको कुरा नेपाल पचांग निर्णायक विकास समितिले यसअघि नै बताइसकेको छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा आशीर्वाद लिइन्छ । त्यसो त मान्यजन टाढाटाढा हुनेहरूले आज विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म पनि टीका लगाउन सक्छन् । बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार