जेनजी आन्दोलनमा घाइते भएका दिपेन्द्र बस्नेतले पाए घाइते परिचयपत्र 

बुधबार, असोज १५, २०८२

काठमाडौं ।  गत भदौ २३ र  २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकिय अधिकृत सुजन कुमार वर्देवाले अन्नपूर्ण न्यूरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेतलगायत अरु घाइतेहरुलाई परिचयपत्र वितरण गरेका हुन् । दिपेन्द्रको परिचयपत्र उनकी पत्नी संगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरुले घाइते परिचयपत्र पाएका हुन् । जेन–जी आन्दोलनको पहिलो दिन–भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागि दिपेन्द्र बस्नेत ढलेका थिए ।  दैलेख घर भएका दिपेन्द्र बस्नेतको हाल उनको उपचार जारी छ र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । रोजगारीको सिलसिलामा काठमाडौंमा रहेका दैलेख भगवतीमाई गाउँपालिका–१ का २८ वर्षीय बस्नेतको टाउकोमा प्रहरीको गोली लागि गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको  छ ।

Photo-(8)-1759311696.jpeg
 

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार