दशैंको टीकासम्म पानी पर्ने 

मंगलबार, असोज १४, २०८२

काठमाडौँ । यस पटकको दशैंको सप्तमी देखि नै मनसुनी वायुको प्रभाव देखिएको छ । हिजो काठमाडौं उपत्यकासहितका भूभागमा पानी पर्‍यो भने आज अष्ठमीका दिन पनि साँझ देखि पानी पर्न सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको बडादसैँ अवधिभर देशभर मनसुनी वायुको प्रभाव जारी रहने छ ।  विभागका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडि भू(भागमा साधारणतया बदली रही वाँकी भू(भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा मध्यम वर्षाको भईरहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : 
कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा विभागले अनुरोध गरेको छ ।  

असोज १४ गते (मंगलबार) 
रातीः गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू(भागका लगायत कर्णाली प्रदेशको केही, बाँकी पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

असोज १५ गते (बुधबार) 

दिउँसोः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई लगायत मधेश प्रदेशका केही स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहितमध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

रातीः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका पहाडी र तराई लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा  बाँकी प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेश एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

असोज १६ गते (बिहीबार) टीकाको दिन  
दिउँसोः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहितमध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत  बागमती प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
रातीः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।  महाशाखाले आज रातिदेखि असोज १९ गते (त्रयोदशी) सम्म विभिन्न प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा, कतिपय ठाउँमा भारी र अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ । जसअनुसार आज राति राजधानीसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार हाल देशमा मनसुनी वायु र स्थानीय वायूको प्रभाव रहँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा साधारणतया बदली र अन्य स्थानमा आंशिक बदलीको अवस्था छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मध्यम वर्षा भइरहेको हो ।
मौसम विश्लेषण : 
हालको मौसम विश्लेषण अनुसार नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर रहेको भएता पनि बंगालको खाडिमा विकसित भएको न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू(भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापिय प्रणालीको कारणले नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशको खास गरी कोशी, मधेश, बागमती, गण्डकि र लुम्बिनी प्रदेश सम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ। तसर्थ, नेपालमा यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ । 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार