सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौँको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्त्राइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्त्राइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमान ढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्त्राउने चलन छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्त्रयाएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्त्रयाइन्छ ।