Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

मकवानपुरका विभिन्न देवीस्थानमा फूलपाती भित्त्रयाइँदै 

सोमबार, असोज १३, २०८२

मकवानपुर । दशैंको सातौँ दिन अर्थात् फूलपातीका अवसरमा आज मकवानपुरका विभिन्न देवीस्थानहरूमा विशेष धार्मिक कार्यक्रमसहित फूलपाती भित्त्रयाइँदै छ ।  भुटनदेवी, पाथिभरा, दक्षिणकाली, मनकामना र चुरेमाईलगायतका प्रमुख देवीस्थानहरूमा बिहानैदेखि पूजाआजा र फूलपाती भित्र्याउने परम्परागत कार्य सुरु भएको हो । यस दिनलाई विशेष मान्दै स्थानीय भक्तजनहरू परम्परागत पोशाकमा सहभागी भई देवीस्थानमा पुग्ने र पूजा–आराधना गर्ने गर्दछन् । फूलबारी वितरण तथा फूलपाती भित्त्रयाउने कार्यलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले ब्यान्डबाजासहित औपचारिक रूपमा शुभारम्भ गरेका छन् । सुरक्षाकर्मीहरू फूलपातीसहित मन्दिर परिसरमा प्रवेश गर्दा धार्मिक धुन, शंखघोष र बाजागाजाले वातावरण उत्सवमय बनेको थियो । मकवानपुरमा दशैंको सातौँ दिन फूलपाती भित्र्याउने परम्परा पुरानै सांस्कृतिक अभ्यास हो। यस दिनको कार्यलाई समुदायबीच ऐक्यबद्धता र परम्पराको निरन्तरता दिने अवसरका रूपमा पनि लिइन्छ । भक्तजनहरूले देवीस्थानमा फूलपाती अर्पण गर्दै घरघरमा पनि पूजाआजा गर्ने चलन छ । यसरी मकवानपुरका प्रमुख धार्मिक स्थलहरूमा फूलपाती भित्र्याइँदा जिल्लामा दशैंको माहोल झन् रमाइलो र सांस्कृतिकरूपमा जीवन्त बनेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार