Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

टुँडिखेलमा सेनाद्वारा फूलपाती बढाइँ गरिँदै

सोमबार, असोज १३, २०८२

काठमाडौं । नेपाली सेनाले बडादशैँको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिने छ । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दशैँघरमा साइत जुराएर भित्रयासँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार