युवासँगै देश घाइते अवस्थामा छ, सबै मिलेर उपचार गरौं : मन्त्री खरेल

शुक्रबार, असोज १०, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरुलाई भेटेका छन् ।  शुक्रबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको बताए ।  उनले भने, ‘यो सरकार जेनजीहरुको रगतको जगमा बनेको हो, यो खेर फाल्न दिनुहुँदैन । उहाँमात्र घाइते भएको होइन देश नै घाइते छ। हामीले घाइतेहरुको उपचार गर्नुछ, साथै देशको उपचार गर्नुपर्छ,’ उनले डाक्टरसँग थप भने, ‘सबै बिरामीलाई राम्रोसँग हेर्नुहोला र हामी साथमा छौ ।’ उनले विरामीहरुसँग कुरा गर्दै बिरामीबाट सरकार टाढा नरहेको बताए । उनले केही समयपछि पुनः अस्पतालमा अवस्था अनुसार विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न आउने बताए ।  खरेलले घाइतेहरुको स्वास्थ्यमा बिस्तारै सुधार आइरहेको र जतिसक्दो छिटो घाइतेहरुलाई उपचार गराई सामान्य जिवनका फर्काउन अस्पताल लागि परिरहेको समेत बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार