एशियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल वञ्चित

शुक्रबार, साउन १, २०७८

काठमाडौँ । फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ । कोभिड–१९को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासङ्घमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल सङ्घले जनाएको छ । उक्त प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म आयोजना हुने तय भएको थियो । फिलिपिन्सको यो निर्णयसँगै नेपालको महिला टोलीले पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा गुमाउने छ । यो निर्णयले नेपाली महिला भलिबल टोलीको भावनामा चोट पुगेको नेपाल भलिबल सङ्घले जनाएको छ । प्रतियोगितामा सहभागी हुन नपाउने भएपछि नेपाली महिला भलिबल खेलाडीको बन्द प्रशिक्षण पनि स्थगित गरिएको सङ्घले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  २२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार