मन्त्रीहरूले लिए उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी

बुधबार, असोज १, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताको आन्दोलनका क्रममा घाइते प्रहरी तथा नागरिकको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।  बुधबार नेपाल प्रहरी अस्पतालमा  पुगेर उनीहरूले उपचाररत घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार