सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गते आन्दोलनका क्रममा ज्यान गुमाउने प्रहरीका परिवारजनलाई प्रति परिवार दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधान कार्यालयले नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएको हो । भदौ २३ र २४ गतेको आन्दोलनमा धेरै स्थानमा प्रहरी कार्यालयहरु जलेर ध्वस्त भएका थिए भने केही प्रहरीले ज्यान गुमाएका छन् ।