पृथ्वी राजमार्गको घोप्टेभिरमा दैनिक ५ घण्टा सवारी बन्द

आइतबार, मंसिर १३, २०८३

काठमाडौं । नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको अद्यावधिक विवरणअनुसार बागमती र गण्डकी प्रदेशका मुख्य सडक तथा पुलमा सवारी आवागमन प्रभावित भएको जनाएको छ ।   चितवन जिल्लाअन्तर्गत पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडक खण्डको घोप्टेभिर क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले सवारी आवागमन बन्द गरिएको छ । गोरखा जिल्लाको आरुघाट गाउँपालिका–२ र ३ मा पर्ने सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार