सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिकाका गर्भवती महिलाहरुले भिडियो एक्सरे सेवा गाउँमै पाउँदा खुसी भएका छन् । गाउँपालिकाले गर्भवती महिलाहरुको सहजताका लागी सुरू गरेको भिडियो एक्सरे सेवाले यहाँका महिलाहरुलाई निकै सहजता प्रदान गरेको हो । गाउँपालिकाको वडा नम्बर ६ को पाँडी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गर्भवती महिलालाई भिडियो एक्सरे र इमपालान्ट राख्ने सेवा सुबिधा गाउँमा पाउँदा त्यहाँका महिला खुसी भएका छन । सेवा सुरू भए पश्चात अहिले स्वास्थ्य सेवा केन्द्रमा गर्भवती महिलाहरु नियमित चेकजाँचको लागी आउँने गरेको धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र इन्चार्ज सबिना मल्लले बताएकी छन् । अहिले गर्भवती महिलाहरु गर्भमा रहेको बच्चाको अवस्था, बच्चाको धड्कन,बच्चा उल्टो वा सुल्टो त्यस्तै पानीको स्थिति के–कस्तो छ भनेर थाहा पाउँन समयसमयमा चेकजाँच गर्न आउने गरेको ईन्चार्ज मल्लले बताईन् । स्वास्थ सेवा केन्द्रमा गर्भवती महिलालाई भिडियो एक्सरे संगै इम्पालान्ट राख्ने गरिएको छ । पिल्स चक्की झन्झटिलो गर्नुभन्दा पाँच वर्षका लागि सजिलो होस् भनेर इम्पालान्ट गाउँमा राख्दै आएको मल्लको भनाई छ । त्यस्तै गर्भवती महिलालाई ८ पटक स्वास्थ्य सेवा केन्द्रमा कार्ड भिजिट गर्नुपर्छ ।गर्भवती समयमा ४ पटक भिडियो एक्सरे चेकजाँच,एउटा १२ हप्तामा भिडियो एक्सरे, अर्को १२–२२ हप्ता सम्म त्यस्तै २८ हप्ता, ३४ हप्ता र ३६ देखि ४० हप्तामा भिडियो एक्सरे गरेर चेकजाँच गर्ने गरिएको छ । आफ्नो गाउँ भित्र गर्भवती महिलाको भिडियो एक्सरे गर्न पाउँदा निकै खुसी लागेको र स्थानीय गर्भवती महिलाहरुलाई निकै सहज भएको स्थानीय विमला लवारले बताईन् ।पहिला ४/५ घण्टा गाउँबाट पैदल हिडिरे कोल्टी अस्पतालमा जानुपर्ने अवस्था थियोे । अहिले गाउँमा गर्भवती महिलाको अवस्था र बच्चाको अवस्थाको भिडियो एक्सरे सहज रुपमा चेकजाँच हुँदा निकै सहज भएको उनको भनाइ छ ।