स्वास्थ्य मन्त्रालयको काम अब अनुसन्धान परिषद्को भवनबाट 

आइतबार, भदौ २९, २०८२

काठमाडौं । सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट गर्ने तयारी गरेको छ । आइतबार सबै कर्मचारीलाई उपस्थित गराई काम सुरु गर्न लागेको स्वास्थ्य मन्त्रलयका सचिव डा.विकास देवकोटाले जानकारी दिए । सचिव डा.देवकोटाले आन्दोलनपछिको क्षतिग्रस्त भवनलाई पहिला सरसफाई गरिने  साथै मन्त्रालयमा सुरक्षित रहेका कागजात एवम सामानहरू पनि संकलन गरिने बताए । उनले भने, ‘आइतबार र सोमबार सरसफाई गर्ने योजनामा छौं । नियमित काम भने हाल मन्त्रालय भवन रहेको पछाडिपट्टी रहेको स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट गर्ने कि भन्नेमा छौं । त्यहाँ दुईवटा भवनहरू छन्, जसमध्ये नयाँ भवन सञ्चालनमा आएको छैन । पुरानो भवनमा केही कोठाहरू लिएर काम सुरु तयारीमा छौं ।’ त्यस्तै उनले तत्काल आवश्यक पर्ने काजजात वा डाटाहरू कर्मचारीहरूको इमेल वा हार्डडिस्क साथै कम्युटरबाट प्रिन्ट गरेर सुरु गर्ने पनि जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार