काठमाडौंमा कर्फ्यु तथा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्रसम्बन्धि आदेश कायमै

शनिबार, भदौ २८, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कर्फ्यु तथा निषेधाज्ञा हटाएको छ ।  शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कर्फ्यु तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धि आदेश भने कायमै रहेको जानकारी दिएको हो ।  सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।   ‘यस जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा जिल्लामा लगाइएको कर्फ्यु तथा निषेधाज्ञा मिति २०८२/०५/२८ गते देखि हटाईएको छ’, विज्ञप्तिका लेखिएको छ, ‘संवेदनशीलताको आधारमा मिति २०८२/०४/२६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ’, सूचनामा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार