रामेछापमा पनि कर्फ्यु   

शनिबार, भदौ २८, २०८२

रामेछाप । रामेछापमा आज साँझ पनि कर्फ्यु लगाइएको छ ।  प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यु लगाएका छन् । सुरक्षा अवस्थालाई ध्यानमा राखेर स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।  जिल्ला सदरमुकाम मन्थली र पुराना सदरमुकाम रामेछाप बजार क्षेत्रमा कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख छ । मन्थलीमा अधिकांश प्रशासनिक भवन र वित्तीय संस्थाहरू रहेका छन् ।  त्यस्तै रामेछाप बजारमा कारागार, सेनाको ब्यारेक, अस्पताल लगायतका सरकारी संरचना र ब्यारेक रहेको छ । रामेछाप कारागारमा बिहीबार भएको झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको ज्यान गएको तियो भने १२ जना घाइते भएका थिए । यसको साथै जिल्लाका गाउँपालिका केन्द्रहरूमा यस अघि लगाइएको निषेधाज्ञा अहिले पनि जारी छ । 
Photo-(64)-1757731367.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार