जेन–जी आन्दोलनका कारण विस्थापित धापाखेल प्रभाग पुनस्र्थापित  

शुक्रबार, भदौ २७, २०८२

धापाखेल । जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भई बिस्थापित भएका ललितपुर जिल्लाका प्रहरी ईकाईहरू क्रमशः पुनस्र्थापित हुन थालेका छन् । कतिपय प्रहरी कार्यालय बुधबार नै पुनस्र्थापित भए भने कतिपय हिजो बिहीबार पुनस्थापित भएका हुन् । तोडफोड तथा आगजनीपछि सरसफाई गरी प्रहरी कार्यालय पुनरस्थापना गरिएको हो । यसै क्रममा प्रहरी प्रभाग धापाखेलमा भएको तोडफोडपछि विस्थापित भएका प्रहरीहरू हिजो बिहीबार पुनस्थापित भएका छन् । ललितपुर महानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डे, पूर्ववडाअध्यक्ष दिनेश कार्कीसहित स्थानीय समाजसेवी, बुद्धिजीवी तथा युवाहरूको अगुवाईमा विस्थापित प्रहरीहरूलाई पुनस्थापित गरिएको हो । स्थानीयले प्रहरीहरूलाई टिका लगाएर पुनस्र्थापित गराएका हुन् ।    

यी हुन् ललितपुरमा पुनस्र्थापित भएका प्रहरी कार्यालयहरू 

१.     प्रभाग धापाखेल 

२.   प्रभाग ईमाडोल

३.  प्रभाग लुभु

४.    प्रभाग मंगलबजार

५.    प्रभाग सानेपा

६.    व.प्र.का. लगनखेल

७.    प्रभाग पुल्चोक

८.    प्रभाग लाकुरीभन्याङ

९.    प्रभाग हनुमानस्थान

१०.    प्रभाग पाटनढोका

११.    वृत्त सातदोबाटो

१२‍    वृत्त चापागाँउ 

१३.      प्रहरी चौकी टीका भैरब 
ललितपुर जिल्ला सुरक्षा समितिले हालको अवस्थामा टोलमा बाहिरका फरक ठाँउका (नयाँ) मानिस आएको देखिएमा तुरुन्त सुरक्षा निकायमा खवर गर्नु हुन आम जिल्लावासीमा आग्रह गरेको छ । संवेदनशील क्षेत्रमा नेपाली सेनाका नेतृत्वमा शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको पनि प्रहरीले जनाएको छ ।

WhatsApp-Image-2025-09-12-at-07.24.03-(2)-1757656954.jpeg
546613479_1594498978193944_6718673540841646321_n-1757656941.jpg
प्रहरी चौकी टीका भैरबमा प्रहरीलाई स्वागत गर्दै गोदावरी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष विष्णुमान महजर्नसहितका स्थानीय 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार