अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह

बुधबार, भदौ २५, २०८२

काठमाडौं । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाले आग्रह गरेको छ । बुधबार बिहानैदेखि सेनाले विभिन्न स्थानमा माइकिङ गर्दै र बाहिर निस्किएका नागरिकलाई रोक्दै घरमै बस्न आग्रह गरेको हो ।  सेनाका अनुसार अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको जानकारी दिएको छ ।  गत दुई दिनको जेनजीहरूको आन्दोलनले जनधन तथा भौतिक संरचनाको क्षति भएसँगै हाल काठमाडौंका विभिन्न सडकमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।  शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार