सोसल मिडिया
Contact Us
युनिकोड
नेतृत्वले जे गर्छ सधैं सबै राम्रो मात्रै गर्छ भन्ने बुझाइ गलत हो । राम्रो निर्णयलाई आत्मसात गरेर कार्यान्वयनमा लाग्नुपर्छ । गलतलाई गलत भन्न सक्नुपर्छ र सच्याउन लगाउनु पर्छ । नेकपामा जिल्ला नेतृत्व चयन गर्दा बिचार र बिधिको मतलब नगरी मनोमानी गर्न खोजियो हामीले यो गलत छ बिधि बनाएर मात्र नेतृत्व चयन गरौं भन्यौं पार्टीले बिधि बनायो र हामीले भने अनुसार मौजुदा कमिटीको नेतृत्वबाट नै नेतृत्व घोषणा गर्यो बाताबरण सहज बन्यो । आम छलफल र बिचारको टुंगो नगरी २ नेताले घोषणा गरेर गरिएको एकता दीगो हुन सक्दैन भनेका थियौं आखिर २ वर्ष पुग्दा नपुग्दै नेकपा विघटन भयो। नेकपा विघटन पछि एमाले पुरानो कमिटी २०७५ जेठ २को अवस्थामा फर्कनु पर्थ्यो तर बिधान बिपरित हजारौंको संख्यामा आयोजक कमिटी घोषणा गरियो, अर्को तर्फ माधव नेपालहरुले समान्तर कमिटी बनाए । हामीले आयोजक कमिटी र समानन्तर कमिटी दुबै पार्टी बिधान बिपरित भएकोले हामी कुनैपनी कमिटीका सदस्य होइनौं । एकता पूर्व एमालेको २०७५ जेठ २को जिल्ला कमिटी उपसचिव हो । पार्टीले आयोजक कमिटी विघटन गरेर २०७५ जेठ २ का कमिटी र जिम्मेवारीमा फर्कनु पर्छ भन्यौं । कतिपय मान्छेहरुले बगेको खोला फर्कदैन भन्दै हाम्रो विरुद्धमा उत्रिए । अब पाउछस उपसचिव भने । तर अन्ततः पार्टी हामीले भने बमोजिम नै २०७५ जेठ २ मा फर्कियो । पार्टी लिगमा आयो । यसले पार्टीलाई ठूलो दुर्घटना हुनबाट जोगायो, हामीले पनि पूर्वबत जिम्मेवारी पायौं । अनि उत्कृष्ट कार्य सम्पादन पनि गर्यौ । यसले एमालेलाई ठूलो दुर्घटना हुनबाट पनि जोगायो । हामीले बिचार र बिधिको बहस गर्न डराएको भए पार्टी ठूलो दुर्घटनामा पर्न पनि सक्थ्यो । पार्टीमा तर्क र बहस गर्नेहरूलाइ सधै बिरोधि मात्रै देख्ने होइन । सबल, सक्षम र बलियो पार्टी निर्माणका लागि निरन्तर बहस जरुरी हुन्छ भन्ने बुझ्नुपर्छ । अहिले पूर्व राष्ट्रपति बिद्या भण्डारीको सदस्यता बारे पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय यतिबेला ठूलो बहसको बिषय बनेको छ र यो निकै पेचिलो बन्दै गएको छ ।राजनीतिमा सक्रिय हुन्छु भनेर घोषणा गरेपछि बिद्या भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय गर्नु राम्रो होइन भन्ने नै लागेको छ।हाम्रो संविधान र पार्टीको बिधानले पनि यसो गर्न दिदैन र विद्यालाई गरिने अपमानले एमाले बलियो बन्नै सक्दैन । करिव ७६ वर्षको इतिहास बोकेको एमाले जस्तो संबैधानिक बिशाल पार्टीलाई थप बलियो बनाउन हल्ला र मौखिक कानूनले होइन व्यबस्थित बिधि र बिधानबाट चलाउनु पर्छ । पार्टीले हतारमा गरेको यो निर्णय सच्याउनु पर्छ र एमाले पूर्व उपाध्यक्ष समेत रहेकी कमरेड विद्या भण्डारीको सदस्यतालाई निरन्तरता दिनुपर्छ। लेखक : प्रेमनारायण गैरे, नेकपा गठन हुनु पुर्व अर्घाखाँची जिल्ला कमिटी उप-सचिव, पछि नेकपा एमालेको लुम्विनी प्रदेश कमिटी सदस्य थिए भने अर्घाखाँची जिल्लाको नवौं जिल्ला अधिवेशनमा उपाध्यक्षको उमेद्वार वने पश्चात हाल जिम्वेवारी बिहिन बनाईएको छ ।)