सोसल मिडिया
Contact Us
युनिकोड
एजेन्सी । ‘पाच्र्ड’, ‘गुलाब गैंग’ र ‘रोड’ जस्ता उत्कृष्ट चलचित्रमा देखिएकी अभिनेत्री तनिष्ठा चटर्जीलाई क्यान्सर भएको छ । क्यान्सर चौथो स्टेजमा पुगेको एजेन्सीले जनाएको छ । हालै उनले सामाजिक सञ्जालमा एक भावुक पोस्ट शेयर गर्दै विगत ८ महिना आफ्नो जीवनका लागि निकै पीडादायी बनेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन् —यस अवधिमा उनले आफ्ना पिता पनि क्यान्सरकै कारण गुमाइन् । अहिले उनकी आमा र ९ वर्षकी छोरीसँग बस्छिन् । तनिष्ठाले आफ्नो आधिकारिक इन्स्टाग्राममा लेखेकी छन्, “गत ८ महिना निकै कठिन रहे, यो भन्नु पनि कमै हुन्छ पिताजीलाई क्यान्सरले गुमाउनु नै पर्याप्त पीडा थियो, ठीक ८ महिना अघि मलाई पनि स्टेज–४ ओलिगो मेटास्टेटिक क्यान्सर भएको पत्ता लाग्यो । तर यो पोस्ट पीडाबारे होइन । यो प्रेम र शक्तिसँग सम्बन्धित छ । यसभन्दा खराब केही हुन सक्दैन – ७० वर्षकी आमा र ९ वर्षकी छोरी दुबै ममाथि निर्भर छन् । तर अँध्यारो क्षणहरूमा मैले प्रेमको असाधारण रूप खोजेँ, त्यस्तो प्रेम जसले तपाईंलाई कहिल्यै एक्लो महसुस हुन दिँदैन।” आफ्ना साथी र परिवारप्रति कृतज्ञता व्यक्त गर्दै उनले थपेकी छन्, “मलाई यो अद्भुत प्रेम र समर्थन मेरा उत्कृष्ट साथीहरू र परिवारबाट प्राप्त भयो । उनीहरूको अटूट साथले मेरा सबैभन्दा कठिन दिनहरूमा पनि अनुहारमा मुस्कान ल्याइदियो । संसार छिट्टै एआइ र रोबोटतर्फ बढिरहेको अवस्थामा मानवीय करुणा नै मेरो सहारा बन्यो । उनीहरूको सन्देश, उपस्थिति र मानवताले मलाई फेरि जीवन दिइरहेको छ । पोस्टको अन्त्यमा उनले लेखेकी छन्, “महिला मित्रतालाई सलाम, त्यो बहिनी चाहना जसले मलाई प्रचण्ड प्रेम, गहिरो सहानुभूति र अटूट शक्ति दिएर सधै साथ दिइन् । म तपाईंप्रति हृदयदेखि आभारी छु।”