सोसल मिडिया
Contact Us
युनिकोड
वीरगन्ज । वीरगन्जमा भेटिएका हैजा संक्रमित मध्ये ११ प्रतिशत बिरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ । वीरगन्जका विभिन्न अस्पतालमा भर्ना भएका २ सय २० जना मध्ये २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएपछि उनीहरूलाई सघन कक्ष (आइ.सि.यु)मा राखि उपचार भइरहेको छ । वीरगन्जको विभिन्न अस्पतलाको आइसियुमा भर्ना भएकाहरूको रत्तचाप नभेटिएको, शरीरमा पानी भएको कारण मृगौलामा क्रेटनिङ सिरमको मात्र बढदै गएको वीरगन्ज हेल्थ केयर अस्पतालमा सञ्चालक डा. अबुलहैस अंसारीले जानकारी दिए । उनले अत्याधिक रुपमा भएको झाडा पखालाका कारण बिरामीको शरीरमा पानीको मात्रा खतरना रुपमा कम भएको कारण मृगौलामा समस्या देखिएको छ भने बिरामीको ज्यान जोगाउन दुवै हातको नसाबाट स्लाई चडाउनु परेको बताए । वीरगन्जका विभिन्न अस्पतालमाको संघन कक्ष (आइ.सि.यु)मा भर्ना रहेका बिरामी मध्ये सबै भन्दा बढी ९ जना वीरगन्ज हेल्थ केयर अस्पताल र ८ जना तराई अस्पतालमा भर्ना रहेका छन् । वीगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान ८ बजे सम्ममा झाडापखाला भएका ६२ जना नयाँ बिरामी विभिन्न अस्पतालमा भर्ना भएका छन् । शुक्रबार बेलुकादेखि मंगलबार बिहानसम्म झाडा पखालाका ३ सय ९१ जना बिरामीले वीरगन्जकाृ विभिन्न अस्पतालमा उपचार गएका छन्् भने तीमध्ये १ सय ७१ जना बिरामी निको भई घर फिर्ता भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बारा–पर्सालगायतका जिल्लाबाट उपचार गराउन वीरगन्जका विभिन्न अस्पतालमा आएका बिरामी मध्ये ४४ प्रतिशत बिरामी निको भई घर फिर्ता भएका छन् भने बिरामी भर्ना हुने संख्यामा समेत कमी आएको चिकित्सकहरूले बताएका छन् ।