हैजा फैलिएका कारण शुक्रबारसम्म बिरगञ्जका बिधालय बन्द रहने

बुधबार, भदौ ११, २०८२
Global Ime Bank

काठमाडौं । वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ । सहरभरी हैजा फैलिएका कारण थप संक्रमणवाट जाेगिन महानगरले विद्यालय बन्द १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्याहरू बन्द आह्वान गरेको थियो । मंगलबार एक सूचना जारी गर्दै महानगरले १३ भदौसम्म सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जनाएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार