युवा संघको देशव्यापी रक्तदान महाअभियान, मकवानपुरमा ३५२ ले गरे रक्तदान

बिहीबार, भदौ ५, २०८२
Global Ime Bank

मकवानपुर । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी मकवानपुरको स्वास्थ्य विभागद्वारा आयोजित रक्तदान कार्यक्रममा ३५२ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले सञ्चालन गरिरहेको देशव्यापी रक्तदान महाअभियानका क्रममा मकवानपुरमा पनि खुला रक्तादान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राजेश नगरकोटीले जानकारी दिए । संघका जिल्ला अध्यक्ष राजेश नगरकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रत्यक्ष सांसद निर्वाचित तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक माननीय महेश कुमार बर्तौला, एमाले मकवानपुरकाका अध्यक्ष श्रीधर पोखरेलगायत युवा संघ र पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता, एमालेका विभिन्न जनवर्गीय संगठनका नेता–कार्यकर्तासहित रक्तदानसँग सम्बन्धित सामाजिक संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार