सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले वायु प्रदुषण, जैविक विविधताको हस,जलवायु परिवर्तनबाट सृजित संकट जस्ता विषय साझा चुनौतीका रुपमा देखा परेको बताएकी छन् । हिन्दुकुश हिमालय सांसदहरूको बैठकमा बोल्दै मंगलबार उनले स्वच्छ हावामा स्वास लिन पाउने नागरिकको नैसर्गिक अधिकार, विद्यमान जैविक विविधताको उचित संरक्षण र प्रकृति र समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न यस क्षेत्रका सांसद तथा सरकारहरू मिलेर साझा एजेण्डामा काम गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘वायु प्रदुषण जैविक विविधताको हस,जलवायु परिवर्तनबाट सृजित संकट जस्ता विषय साझा चुनौतीका रुपमा देखा परेको छन् । स्वच्छ हावामा स्वास लिन पाउने नागरिकको नैसर्गिक अधिकार ,विद्यमान जैविक विविधताको उचित संरक्षण र व्यवस्थापन गरेर त्यसबाट समुदायले लाभ प्राप्त गर्ने सम्भावना तथा प्रकृति र समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न यस क्षेत्रका सांसद तथा सरकारहरुमिलेर साझा एजेण्डामा काम गर्न आवश्यक छ ।’ त्यस्तै उनले देशले र भूगोलले फरक ठाउँमा भएपनि जलवायु परिवर्तनका समस्याहरु साझा भएको बताउँदै ती साझा समस्याहरुलाई साझा रुपमा नै समाधान गर्नुपर्ने धारणा राखिन् ।