नेविसंघ दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर पीडितलाई गर्‍यो आर्थिक सहयोग

शुक्रबार, साउन ३०, २०८२
Global Ime Bank

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर रोगसँग लडिरहेका दुईजना बालकलाई आर्थिक सहयोग गरेको छ । हाल काठमाडौं स्थित कान्ति बाल अस्पतालमा उपचाररत लेकम गाउँपालिका ३ निवासी दुई बर्षीय अनमोल बोहोरा र सिभिल अस्पतालमा उपचाररत महाकाली नगरपालिका ३ निवासी नौं बर्षीय रोशन बडाललाई समितिले १०–१० हजार आर्थिक सहयोग गरेको हो । समितिका अध्यक्ष अविरल महताले अस्पतालमा पुगेर बिरामीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष महताले समितिका सम्पूर्ण सदस्यहरूबाट रकम संकलन गरी आफूहड्डको सानो सहयोगले कसैको जीवन मुस्कुराउन मद्दत गर्छ भन्ने किन सकेको सहयोग नगर्ने भन्ने उद्देश्यका साथ सहयोगी हात अगाडि बढाएको बताए ।
साउनमै गठन भएको उक्त समितिले विभिन्न किसिमका सामाजिक कार्यहरूमा सक्रियता बढाइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार