बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा 

सोमबार, साउन १२, २०८२
Global Ime Bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेका र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले मुलुकका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । यस्तै, आज राती देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार