कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई 

मेसी नेतृत्वको टोलीले दिलायो अर्जेन्टिनालाई खुसी 
आइतबार, असार २७, २०७८

काठमाडौं । विश्व फुटबलका स्टार मेसीले आइतबार आफ्नो देशलाई खुसी दिलाएका छन् । २८ वर्षपछि मेसी नेतृत्वको अर्जेन्टिनी टोलीले आइतबार भएको फाइनल खेलमा ब्राजिललाई पराजित गरेसँगै यो खुसी दिएको हो । उसले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १ ० ले पराजित गर्दैअर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाका लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बन्यो । रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए । सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो । २००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार