प्रधानमन्त्रीद्वारा माई  नगर अस्पतालको उद्घाटन

शनिबार, असार २८, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई  नगरपालिकाको शितलीमा १५ शैय्याको नगर असपताल आज उद्घाटन गरेका छन् । सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरे । बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे । सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई आग्रह गरे । प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए ।

Photo-(5)-(10)-1752327812.jpg
 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार