चन्द्रपुर नगरका ४४ वटा गाईभैंसीमा लम्पी स्किन रोगको  सङ्क्रमण 

बिहीबार, असार २६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

रौतहट ।  पशुहरूमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट चन्द्रपुर नगरपालिका क्षेत्रका पशु चौपाय मर्न थालेका छन् । केही दिनअघि मात्र चन्द्रपुर नगरपालिका वाड नं. ८ मर्धरटोलका कृष्ण गौतमले पालेका गाई मरेका हुन् । लम्पी स्किन रोगको उपचार गर्दागर्दै  गौतमले पालेको गाई मरेको चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख डा.सुलभ चौधरीले बताए । उनका अनुसार चन्द्रपुर वाड नं.४ मा २ वटा, वाड नं. ८ मा ४ वटा, १ मा १० वटा, वाड नं. २ मा २५ वटा,  वाड नं. १० मा १० वटा गाईमा र वाड नं. ५ को एउटा भैसीमा सो रोग संक्रमण देखिएको छ । यो तथ्याङक अझै बढन सक्ने उनले बताए । लम्पी स्किन रोगबाट सङ्क्रमित गाई भैँसीको दूध उत्पादनमा गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र मर्ने लक्षण हुने उनको भनाइ छ । लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । यो रोग लामखुट्टे, झिँगा र किर्ना जस्ता कीराको टोकाइबाट सर्ने गरेको डा.चौधरीले बताए ।  गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिने गरेको उनले बताए । चन्द्रपुर नगरपालिका पशु शाखाका अनुसार नगरक्षेत्रका ४४ वटा गाईभैसीमा उक्त रोगको संक्रमण देखा परेको छ । महामारी फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरुले आफैँले खोप किनेर समेत पशुमा लगाएको पाईएको छ । एक पशुलाई सो रोग बिरुद्ध उपचार गर्नको लागी १० देखी १२ हजार सम्म खर्च लाग्ने समेत डा. चौधरीले जानकारी दिए ।  चन्द्रपुर वडा नं. ३ ले वडा कार्यालयको आफनै बजेटबाट करिब दुई हजार २ सय ५० वटा गाइ र भैसीलाई लम्की स्किन रोगविरुद्धको भ्याक्सिन लगाइएको  छ । त्यसैगरी वाड नं. ९ ले पनि आफ्नै बजेटबाट एक हजार ६ सय भन्दा बढी पशुलाई सो रोगविरुद्धको भ्याक्सिन लगाइसकेको छ । चन्द्रपुर नगर क्षेत्रमा गत वर्ष मात्र लम्पी स्किन रोगको कारण एक सय ६० वटा गाईभैंसी मरेको चन्द्रपुर नगरपालिका पशु शाखाको तथ्याङमा छ । अहिले नगरभरीको पशुहरूलाई उक्त रोगविरुद्ध १० हजार थान खोप आवश्यकता रहेको पशु शाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार