सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्युरिनयुक्त खानेकुरा खाँदा शरीरमा युरिक एसिडको उत्पादन हुन्छ । यूरिक एसिड एक प्रकारको फोहोर पदार्थ हो, जुन फिल्टर गरी शरीरबाट निकालिन्छ । तर, यदि युरिक एसिड अत्याधिक बढ्यो भने यसले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या निम्त्याउँछ । धेरै कारणले युरिक एसिडका कारण हुन्छ । जसका कारण खुट्टा सुन्निन थाल्छ । साथै, जोर्नीमा युरिक एसिड क्रिस्टल जम्मा हुन थाल्छ र यसका कारण घुँडा र औंला सुन्निन थाल्छ । यस्तो अवस्थामा यो उच्च युरिक एसिडलाई समयमै कम गर्न आवश्यक छ ।
युरिक एसिड कम गर्न के खाने ?
युरिक एसिड बढी भएमा के नखाने ?
- युरिक एसिड बढी भएमा चिनीयुक्त पेयपदार्थ पिउनु हुँदैन ।
- उच्च फ्रक्टोज सिरप पिउन पनि जोगिनै पर्छ।
- युरिक एसिडको समस्या भएकाले मदिरा सेवन गर्नु हुँदैन ।
-मासुको उपभोगबाट बच्नुपर्छ, मिर्गौला र गिदीजस्ता खानेकुराबाट बच्नुपर्छ ।
- टुना र ट्राउट जस्ता समुद्री खाना खानु हुँदैन।
- रातो मासु खानु हुँदैन।