एनआइएचएसको निःशुल्क स्किन टेस्ट क्याम्पमा टिनेजहरुको भीड

आइतबार, असार २२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस) ले निःशुल्क स्किन टेस्ट क्याम्प आयोजना गरेको छ ।  शनिबार काठमाडौंको जमलस्थित विश्वज्योति मलमा आयोजित क्याम्पमा छाला सम्बन्धि समस्या र त्यसको निदानबारे सेवा प्रदान गरिएको थियो । एनआइएचएसले प्रदान गर्ने सेवा सुविधा एवम मानिसहरुले आफ्नो शरीरमा भएका छालाहरु सम्बन्धि ज्ञान बढाउने उद्देश्यले क्याम्प आयोजना गरिएको जनाएको छ ।  हालका स्किन सेन्टर वा पार्लरका सामानहरु सही तरिकाले प्रयोग गराउने विधि र प्रक्रियाबारे ज्ञान दिने र सेवाका बारेमा जानकारी दिनका लागि क्याम्पको आयोजना गरिएको नेपाल इन्टरनेशनल हेल्थ सर्भिस(एनआइएचएस)मा आवद्ध छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ डा.अमृता श्रेष्ठले जानकारी दिइन् । ‘क्याम्पको उद्देश्य भनेको मुख्य गरेर जनचेतना नै हो । स्किन टेस्ट किन आवश्यक छ र यसले कस्ता किसिमका जोखिमहरु निम्त्याउँछ भन्ने जानकारी दिनु हो । क्याम्पमा सम्बन्धित विशेषज्ञ डाक्टरहरुसँग परामर्श निशुल्क गराइएको छ । हाइड्रा फेससियल पनि अन्य दिनमा भन्दा  सहुलीयत मूल्यमा गराएका छौं,’ उनले भनिन् ।  उनले छाला सम्बन्धि जटिल समस्याको भने रगत जाँच गरिएको र छालाको हेरचाह कसरी गर्ने भन्ने जानकारी दिइएको साथै खानपान साथै लाइफ स्टाइलबारे पनि जानकारी दिइएको बताइन् । क्याम्पमा सेवा लिनका लागि बढीजसो टिनेज साथै एक्जिमा, पिम्पल, ऐक्नी जस्ता समस्या भएका बिरामीहरु आएको पनि उनले जानकारी दिइन् । सोही क्लिनिककी मेडिकल अफिसर डा. श्रृखंला श्रेष्ठले अस्पतालको प्रमोशनका साथै अहिलेका युवापुस्तामा देखिएको छाला सम्बन्धि रोगबारे सचेतना जगाउने उद्देश्यले क्याम्प संचालन गरिएको जानकारी दिइन् । उनले धेरैजसो एक्निका (विग्रिएको डन्डिफोर) को चेकजाँचका लागि विरामीहरु सहभागी भएको पनि बताइन् । उनले टुर्डमाको प्रोडक्टमा १० प्रतिशत छुट दिएको जानकारी दिइन् । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार