ललितपुर महानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा 

बिहीबार, असार १९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर : ललितपुर महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो । जिल्ला खोप समन्वय समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका अध्यक्ष हुने व्यवस्था छ ।  जिल्ला खोप समन्वय समितिमा सदस्य सचिव एवम् जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा।भुवन पौडेलले नगर प्रमुख चिरीबाबु महर्जनलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको उनले बताए ।  कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिए । खोप रोग लाग्न नदिने औषधि भएको बताउँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्न प्रतिरोधात्मक क्षमता बढाउने भएकाले।खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।  स्वास्थ्यकर्मीको निरन्तरको मिहेनतले पलिकालाई  पूर्ण खोप बनाउन सकिएको बताए । आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने नगरप्रमुखको भनाई थियो । सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले बताइन् ।   राष्ट्रिय खोप तालिका अनुसार नगरका २९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।  नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार