सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आइतबार ४८१ जनामा कोरोना भाइरस संक्रमित फेला परेका छन् । विगत २४ घण्टामा ३ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यो संख्या परीक्षण गरिएका मध्ये १२.५ प्रतिशत हो । ६ हजार ४९३ जनामा सक्रिय संक्रमण छ । ३६९ जना क्वारन्टीनमा छन् । संक्रमितहरूको कुल संख्या दुई लाख ५८ हजारभन्दा बढी र निको हुनेको संख्या दुई लाख ५० हजार नजिक छ । आइतवार थप ७३१ जना निको भएका छन् । चार महिनापछि दैनिक संक्रमण संख्या ५०० भन्दा कम देखा परेको यो पहिलोपटक हो । साउन ३१ गते ४६८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता लगातार ५०० भन्दा बढी दैनिक संक्रमित भेटिएका थिए । आइतवार थप ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएपछि कुल मृतक संख्या १ हजार ८२५ पुगेको छ ।