क्यानडामा आज ‘रामकृष्ण ढकाल साँझ’ लाईभ म्युजिक हुँदै  

शनिबार, असार ७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

टोरण्टो । ‘ईन्टरनेशनल म्युजिक डे’ को अवसरमा २१ जुन अर्थात आज शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा हुने नेपाली सुगम संगीतका सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिकको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ जुन २१ तारेख, आज शनिबार (असार ७ गते) हुन लागेको हो । बेलुकी ७ बजे देखि १० बजे सम्म हुने  “रामकृष्ण ढकाल साँझ” मा आधुनिक गीत संगीतका पारखीहरूले भरपुर आनन्द र मनोरञ्जन लिने आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताए । भुखाराग्रील रेस्टुरेन्टको हलमा हुने सो विशेष कार्यक्रम नितान्त पारिवारिक रूपमा आयोजना गरिएको छ । पारिवारिक समूह “प्रगतिशील समूह” को आयोजनामा हुने कार्यक्रममा करिब १ सय जनाको सहभागी रहने र कार्यक्रमको टिकट पनि  बिक्री भैसकेको कार्यक्रम संयोजक कमल ज्ञवालीले जानकारी दिए । गायक ढकाललाई तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिनेछन् । सो कार्यक्रमको मुख्य प्रायोजक पोख्रेल ल फर्म (अधिवक्ता राजेन्द्र पोख्रेल) रहेका छन् भने प्रायोजकमा एक्सपेरियर फाईनान्सिएल ग्रुप, एभरेष्ट रियालिटीका जगन सापकोटा र गणेश ज्ञवाली, एडमार्कका रुद्र कार्की र तावाघर रेस्टुरेन्ट कि सञ्चालक सीता राना रहेका छन् । मिडिया पार्टनरमा क्यानडा नेपाल न्युज डट्कम रहेको छ । कार्यक्रममा गायक ढकालका चरीले त छाडेर गैगयो..., मन पराउने हजार भेटिन्छ्न..., माया गर्नेको..., ओराली लागेको..., बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस..., लगायतका तथा नारायण गोपालका केही गीत पनि सुनेर दर्शकहरूले भरपुर मनोरञ्जन लिनेछन् । २०४५ सालमा १३ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन् । २० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौ गीतहरू चर्चित छन् । उनले ५ हजार भन्दा बढी गीत गाएका छन् । प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत सङ्गीतप्रति माया गर्नेहरूलाई यो एक उत्कृष्ट कार्यक्रम रहने भन्दै आयोजकले कार्यक्रममा सहभागी हुनका लागि आग्रह समेत गरेका छन् ।

pic1-1750494851.jpg
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार