स्कटल्याण्डसँग नेपाल पराजित

शनिबार, असार ७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । स्कटल्याण्डमा भएको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ । नेपाल घरेलु टोलीसँग ३४ रनले पराजित भएको हो । १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाउन सक्यो । नेपाली टोलीका रुपेश सिंहले २२ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३४ रन जोडे । कप्तान रोहितकुमार पौडेल २० बलमा ४ चौकाको सहयोगमा २७ रन जोडे । आसिफ शेख १४, भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट भए । स्कटल्याण्डका क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको बनायो । स्कटल्याण्डका ओपनर जर्ज मन्सी ३९ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७८ रन बनाए । स्कटल्याण्डका मन्सी कुशल भुर्तेलको बलमा कप्तान रोहितबाट क्याच आउट भए । पहिलो विकेटका लागि मार्क वाटसँग मन्सीले ३४ रनको साझेदारी गरे । वाट ९ बलमा ९ रन जोड्दै रुपेशको बलमा बोल्ड आउट भए ।
तेस्रो विकेटका लागि मन्सीले ब्रण्डन मकमलनसँग ५६ बलमा १ सय रनको साझेदारी गरे । मकमलन ३० बलमा ४ चौका र १ छक्कासहितमा ४२ रन बनाए । माइकल लिस्क १७ बलमा २६ तथा म्याथ्यु क्रस १३ बलमा १७ रन बनाउदै अविजित रहे । कप्तान रिची बेंरिग्टन ९ रन बनाउँदै कुशलको बलमा लोकेश बमद्वारा समातिए । नेपालका कुशलले २, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेशले समान १ विकेट लिए ।
स्कटल्याण्ड ४ खेलमा २ मा हार र २ मा जितका साथ शीर्ष स्थानमा रहँदै सिरिजको च्याम्पियन भएको छ । नेपाल समान खेलमा २ मा जित र २ मा हारका साथ अंकतालिकाको दोस्रो स्थानमा रह्यो । अंक बराबरी भएपनि नेपाल रनरेटमा पछि पर्यो । नेदरल्याण्ड्स तेस्रो भयो ।

Tos-1750459881.jpg
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार