नेदरल्याण्ड्समाथि नेपालको जित

शुक्रबार, असार ६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सलाई पराजित गरेको छ । नेपाल ६ विकेटले विजयी भएको हो ।  १ सय ७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका ओपनर कुशल भुर्तेलले महत्वपूर्ण इनिङ खेल्दै अर्धशतक पूरा गरे । ५१ बल खेलेका उनले ६ चौकाको सहयोगमा सर्वाधिक ६५ रनको बनाए । ६० टि ट्वान्टी आईमा यो उनको ११औं अर्धशतक हो । उनले ३८ बलमा अर्धशतक पूरा गरे । कुशलले ९.४ ओभरमा ४४ रन बनाउँदा विक्रमजित सिंहको बलमा नोहा क्रोसबाट क्याच छुट्दा जीवनदान पाए । टि ट्वान्टी आईमा कुशलको नाममा १ शतत छ । नेदरल्याण्ड्सविरुद्ध नवौं खेलमा उनको यो चौथो अर्धशतक हो । नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे ‌। आसिफ ६ बलमा ७ रनमा आउट भए । दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग ५४ रनको साझेदारी गरे । भीमले १६ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे । भीमको यो टि ट्वान्टी आई डेब्यु खेल हो ।

Gt0qwWkXcAEhot_-1750378936.jpg
नेपालका लागि टि ट्वान्टी आईमा प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेलले कुशलसँग खास साझेदारी गर्न सकेनन् । रोहित ७ बलमा ५ रनमा आउट भए । चौथो विकेटका लागि आरिफ शेखसँग कुशलले सानदार साझेदारी गरे । उनीहरुले २७ बलमा ४४ रनको साझेदारी गरे । आरिफ २३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रनमा रिटार्यट हर्ट भए । पाँचौ विकेटका लागि आरिफसँग उपकप्तान दीपेन्द्रले २० बलमा २७ रनको साझेदारी गरे । दीपेन्द्र १२ बलमा १६ रनमा अविजित रहे । लोकश बम ४ बलमा १२ रनमा अविजित रहे । लोकेशले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।बपहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको बनायो । नेदरल्याण्ड्स ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले । लेविट करण केसीको बलमा रोहितबाट क्याच भए । पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग ३३ बलमा ६३ रनको साझेदारी गरे । दुईबीचको साझेदारी सन्दीप लामिछानेले तोडे ।

Gt0qwWxWgAA_KVN-1750378935.jpg
सन्दीपले जुल्फिकरलाई ११ बलमा १४ रनमा आउट गरेका हुन् । रोइलेफ भान डर मिर्वो २१ बलमा ३६ तथा आर्यान दत्त १८ बलमा १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करणले २ तथा सन्दीप, रुपेश सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रले समान १ विकेट लिए । जितसँगै ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको नेपाल ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । सिरिजको अन्तिम खेल खेलेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा झरेको छ । स्कटल्याण्ड तेस्रो स्थानमा छ। सिरिजको पहिलो भेटमा सोमवार नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो सुपर ओभरमा नतिजा निस्केको खेलमा नेदल्याण्ड्स विजयी भएको थियो । नेपालले सिरिजको अन्तिम खेलमा शुक्रवार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।

Gtz_50wWsAAQYFk-1750378934.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार