सिएमए पुरुषोत्तम  सिलवालको चेसमा एकल अग्रता  

शुक्रबार, असार ६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । काठमाडौ  महानगरपालिका वडा नं २७ को आयोजनामा सञ्चालन भइरहेको श्रीमती मंगलादेवी सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता अन्तर्गत दोस्रो दिन पाँच चरणको खेल सम्पन्न  भएका छन् ।  दोस्रो संस्करणको बुद्धिचाल स्पर्धामा काठमाडौँका युवा खेलाडी सीएम पुरुषोत्तम सिलवाल सबै प्रतिद्वन्दीलाई पराजित गर्दै पूर्ण ५ अंकका साथ एकल अग्रता हासिल गर्न सफल भएका छन् ।  गत महिना श्रीलंकामा सम्पन्न वेस्टर्न एसियन एमेच्योर चेस प्रतिस्पर्धामा नेपाललाई रजत पदक दिलाएका उदियमान खेलाडी सीएम पुरुषोत्तमले क्रमशः हार्दिक पन्त, रामकृष्ण महर्जन, महेन्द्रकुमार साम्बा हाम्फे, शैलेन्द्र न्यौपाने र सीएम नवीन तण्डुकारलाई पराजित गरेका छन् । प्रतिस्पर्धामा तीनजना खेलाडीहरूले समान ४।५ अङ्क जोडेर संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्। जसमा मकवानपुरका एफएम क्षितिज भण्डारी, झापाका प्रकाशचन्द्र नेपाल र ललितपुरका सुरज महर्जनले पुरुषोत्तम लाई पछ्याइरहेका छन् । क्षितिजले पाँचौँ चरणमा प्रकाशचन्द्रसँग बराबरी खेले भने चौथो चरणको खेलमा खोटाङका धिरेन राई र तेस्रो चरणमा काठमाडौका कुशल बेलबासे माथी जित निकाले ।

176f50be-6d6f-42b1-8dd4-c33097e7ddf8-1750378438.jpg
पाँचौँ चरण बराबरी खेलेका प्रकाशले तेस्रो र चौथो चरणमा स्याङ्जाका सुशील सुवेदी र काठमाडौका जनार्दन श्रेष्ठलाई पराजित गरेका छन् । यसैगरी ललितपुरका सुरज महर्जनले तेस्रो, चौथो र पाँचौं चरणमा क्रमशः अशोकमोहन श्रेष्ठ, सन्देश श्रेष्ठ र कमल श्रेष्ठलाई पराजित गरेका छन् । ज्याठा स्थित अन्नपूर्ण उच्च माविको सभा हलमा भइरहेको प्रतियोगितामा काठमाडौँका जनार्दन श्रेष्ठ, सीएम नवीन तण्डुकार, खोटाङका धिरेन राई, काभ्रेका राहुल चौप्रधान, दोलखाका आशिष फुयाल, झापाका राजन सुवेदी र काठमाडौँकै सीएम भगवती प्रसाद शर्माले समान ४(४ अङ्क बटुलेर संयुक्त तेस्रो स्थानमा उभिन सफल भएका छन् । त्यस्तै महिला तर्फ भर्खरै सम्पन्न भएको नेशनल जुनियर विजेता रिया श्रेष्ठले ३ अंक जोडेर अग्रता लिएका छन् । रियासँगै समान ३ अङ्क प्राप्त गर्नेमा प्रतिमा बास्कोटा, शान्ति धिमाल र ओमन नेशनल च्याम्पियन सिन्दिरा जोशी रहेकी छिन् । स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म हुने प्रतियोगितामा विजेताले २५ हजार, उपविजेताले २० हजार र तृतीय स्थान प्राप्त गर्ने खेलाडीले १५ हजार नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा कूल नगद पुरस्कार १ लाख ४५ हजार रहेको छ ।

b935b870-944b-4cde-bbfc-9586492b2226-1750378437.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार