सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखिगोकर्ण गल्फ क्लबमा सुरू हुने भएको छ । सोमवार देखी बिहीबारसम्म चल्ने प्रतियोगिता ७२ होलको हुने जनाइएको छ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिताको रूपमा यो प्रतियोगिता हुन लागेको हो । सुर्य नेपालका अनुसार ३६ होलपछि कट लागू गरिने छ भने जसबाट शीर्ष २१ प्रो तथा कट बनाउने एमेच्योर गल्फले अन्तिम ३६ होलका लागि प्रतिस्पर्धा गर्न पाउने जनाइएको छ । च्याम्पियनसिपमा ३८ प्रो तथा १५ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् । उपाधी विजेताले ३ लाख तथा उपविजेताले १ लाख ८५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । र, तेस्रोदेखि पाँचौं स्थानमा रहनेलाई क्रमशः १ लाख २५ हजार, १ लाख ५ हजार र ९२ रुपैयाँ प्रदान गरिनेछ । साथै, शीर्ष २१ भित्र पर्ने सबै गल्फरले नगद पुरस्कार पाउने छन् ।