आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै, नेपालले भोलि नेदरल्याण्ड्ससँग खेल्ने

आइतबार, असार १, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौँ । आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ । स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन् । खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी २० शृंखला गुमाउने छन् ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार