शारीरिक सुगठन टोली आज भुटान जाँदै

बुधबार, जेठ २८, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । भुटानमा हुने १५ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भुटान जाने भएका छन् ।   राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १५ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुने ५ खेलाडीसहित १० सदस्यीय टोलीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।   आज (जेठ २८)देखि असार १ गतेसम्म प्रतियोगिता भुटानको थिम्पुमा हुदैँछ । खेलाडीमा शरद सुवाल, प्रनेश श्रेष्ठ, औतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शिला ठकुरी रहेका छन् ।  अफिसियलमा दिनेशकुमार राजभण्डारी, व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार