जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनु पर्छ : देउवा

मंगलबार, जेठ २७, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनु पर्ने बताएका छन् ।  काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा उनले भविष्यमा नेपालमा जलवायु परिवर्तनको धेरै ठूलो असर पर्ने भन्दै यो क्षेत्रमा नेपाल अगाडि बढ्नु पर्ने बताए ।  उनले भने, ‘दुर्भाग्यपूर्ण कुरा के छ भने जलवायु परिवर्तनले गर्दा समुन्द्रको तह बढेको छ । हिउ पग्लिँदै छ हिमाल नाङ्गो भएको छ । भोलिका दिनमा यसले धेरै असर पार्न सक्छ । त्यसकारण भविष्यमा नेपाल जलवायु परिवर्तनको प्रमुख पीडित बन्न सक्छ । हामीले हिमाल बचाउन सकेका छैनांै । अहिले हामीले मात्र चाहेर हुँदैन् । जलवायु परिवर्तनको क्षेत्रमा नेपाल अगाडि बढ्नु पर्छ र नेतृत्व लिएर विश्वभर आवाज उठाउनु पर्छ ।’  यस्तै, उनले नेपाललाई विकासको बाटोमा आगडि बढाउन, आर्थिक अवस्था सुधार गर्न र महत्वपूर्ण परिवर्तन ल्याउने बाटोमा अगाडि बढ्नु पर्ने बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार