सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डले नेपालविरुद्ध टस जितेको छ । स्कटल्याण्डको डन्डीमा घरेलु टोलीका कप्तान रिची बेरिङ्गनले टस जितेर नेपाललाई बलिङको निम्ताे दिएका हुन् । नेपालले बुधबार नेदरल्याण्ड्ससँग खेलेको टोली नै मैदान उतारेको छ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । त्यो खेलमा नेपालले निर्धारित ५० ओभरको १ बल बाँकी रहँदा २ सय ९७ रनको लक्ष्य पूरा गरेको थियो । स्कटल्याण्डसँग असम्भव जस्तै देखिएको खेलमा नेपाल विजयी भएको थियो। करण केसी धर्यता देखाउँदै ओडिआईमा पहिलो अर्धशतक बनाएपछि नेपालको सम्भव भएको थियो थियो । गत साताको अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो। सिरिजमा नेपाल र स्कटल्याण्डले दुवैको यो तेस्रो खेल हो । स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ । स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । चौथो चरणको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाली टोलीले चौथो तथा अन्तिम खेल मंगलवार नेदरल्याण्ड्ससँग खेल्नेछ । ८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ । नेपाल १४ खेलमा १० अंकका साथ सातौं स्थानमा छ । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।
नेपालको प्लेईङ – ११
रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशी